Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


मैत्रीपूर्ण खेलमा नेपालकाे सहज जीत

एक्सन खबर
बैशाख, २, २०८०


मैत्रीपूर्ण खेलमा नेपालकाे सहज जीत

काठमाडाैं, २ बैशाख । नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको छ ।एसीसी प्रिमियर कपअघि आयोजित मैत्रीपूर्ण खेलमा शनिबार नेपालले ओमानलाई हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको २४७ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दा ओपनर अर्जुन साउदले सबैभन्दा धेरै ६७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे ।

कप्तान रोहितकुमार पौडेल ५८ रनमा ‘रिटायर्ट हर्ट’ भएका थिए । रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि आठ रनभन्दा जोड्न सकेनन् । ओपनर देव खनाल १० रनमा आउट भएका थिए । खेलमा ओमानका कप्तान जिशान मकसुदले दुई विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले अविजित ११० रनको इनिङ्स खेल्दा ओपनर जतिन्दरसिंह ४२ रनमा पेवेलियन फर्किए । अर्का ओपनर कश्याप प्रजापति १६ रनमा आउट हुँदा मोहम्मद नदिमले २४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि किशोर महतोले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले समान दुई विकेट लिए ।

आउँदो मंगलबारदेखि कीर्तिपुर र मूलपानी मैदानमा १० टोलीले एसीसी प्रिमियर कप खेल्दै छन् । एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । नेपालले पहिलाे खेल मलेसियासँग खेल्नेछ । नेपाल सम्मिलित समूह ‘ए’मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा खेल्ने मौका पाउनेछ ।













0 प्रतिकृया