Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


संवैधानिक परिषद् बैठकबाट प्रधानन्यायाधीश नियुक्त गर्न सहमति

एक्सन खबर
बैशाख, ४, २०८०


संवैधानिक परिषद् बैठकबाट प्रधानन्यायाधीश नियुक्त गर्न सहमति

काठमाडौं, ४ बैशाख । संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको हाे ।

सोमबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा सत्तारूढ दुइ ठूला दल र प्रमुखप्रतिपक्षी दलका नेताविच उक्त सहमति भएकाे हाे ।

प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका थिए । ‘प्रधानमन्त्री, कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच प्रधानन्यायाधीश नियुक्तिका विषयमा व्यापक छलफल भएको छ । संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।' कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच सहमति भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ ।
















0 प्रतिकृया