एसीसी प्रिमियर कप क्रिकेटमा नेपालकाे शानदार सुरूवात
एक्सन खबर
काठमाडौं, ५ वैशाख । नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा शानदार सुरुवात गरेको छ । उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले शानदार सुरुवात गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा जितका लागि पाएको २३६ रनको लक्ष्य नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे ।खेलमा नेपालका लागि भीम सार्कीले ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिँदा सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । भने, गुलशन झाले १ विकेट लिए ।
मलेसियाका लािग कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गर्दा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियाे । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।
विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गर्दा ओपनर मुहम्मद अमिर १७ रन बनाउँदै आउट भए । अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाएकाे खेलमा मलेसियाले १२ रन अतिरिक्तबाट पायाे ।
नेपालका युवा अलराउन्डर कुशल मल्ल एसिसी प्रिमियर कपमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ६ विकेटको सानदार जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।
सिंगापुर ८ विकेटले पराजित
यस्तै, माथिल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गरेकाे छ । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बाबरले लगातार दुई छक्का साथ ९२ बलमा शतक गर्दै प्रिमियर कपमा शतक हान्ने पहिलो खेलाडी बने ।
कप्तान निजाकत खान ८९ बलमा ३ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । दोस्रो विकेटका लागि बाबर र निजाकतले १ सय ३२ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर अंशुमन रथ ६ रनमा आउट भए । सिंगापुरका रमेश र अरित्र दत्तले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ४२.१ ओभरमा १ सय ७४ रनमा अल आउट भएको थियो । सिंगापुरका ओपनर तथा कप्तान अरित्र दत्तले ५७ बलमा ९ चौकासहित सर्वाधिक सर्वाधिक ४९ रन बनाए ।
सुरेन्द्रन चन्द्रमोहन १०, अवि दिक्षीत १२, अर्यान मोदीले २० र रमेश कलिमुथुले १८ रन बनाए । हङकङका स्पिनर एहसान खानले १० ओभरमा ३ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अर्का स्पिनर यासिम मुर्तजाले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । आयुश शुक्ला, अजिज खान र मोहम्मद गजानफरले समान एक विकेट लिए ।
0 प्रतिकृया