स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति अस्पताल भर्ना
एक्सन खबर
काठमाडाैं, ५ बैशाख । अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् ।
यसअघि हिजो उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो ।
त्रिवि शिक्षण अस्पतालका डा. निरज बमको नेतृत्वमा उनको स्वास्थ्य उपचार भइरहेको छ ।
0 प्रतिकृया