फरवार्डद्वारा मोमिनाको परिवारलाई मृत्यु दावी रकम वितरण
एक्सन खबर
रौतहट, ८ बैशाख । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृत्यु दावी कर्जा बिमा रुकम वितरण गरेको छ । फरवार्ड माइक्रोफाइनान्सको रौतहट, गरुडा अन्तरगत केन्द्रकी सदस्य मोमिना खातुनको परिवारलाई मृत्यु दावी बिमा रकम वितरण गरेको हो ।
शक्रबार फरवार्डको गरुडा शाखाका प्रतिनिधिहरुले खातुनका परिवारलाई घरमै पुगेर कर्जा बिमा बापतको १ लाख ७२ हजार ५ सय ९५ रुपैंया हस्तान्तरण गरेका हुन् ।
सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्डले कर्जा प्रवाह गर्दा नै ऋणीले लिएको कर्जाको पनि बिमा गरेको हुन्छ । कथंकदाचित कर्जा लिएको ऋणिको विचमा मृत्यु भएमा उसले लिएको सम्पूर्ण कर्जा मिनाहा गर्दै त्यसमा थप २० प्रतिशत रकम थप गरेर दिइने गरिएको छ ।
महिलाहरुलाई आर्थिक सशक्तिकरण अभियानमा जोड्दै उनीहरुको आर्थिक, समााजिक स्थिती सुधार्न फरवार्डले गाउँगाउँमा वित्तीय सेवा विस्तार गर्दा ग्रामिण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगेको छ ।
संस्थाले गाउँगाउँ गएर विना धितो सामुहिक जमानीमा कर्जा प्रवाह गर्दै आर्थिक सवलीकरणका अभियानहरु सञ्चालन गर्दा महिलाहरुको आर्थिक, सामाजिक जीवन सुदृढ हुँदै गएको छ ।
0 प्रतिकृया