Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन सुरु

एक्सन खबर
बैशाख, १०, २०८०


चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन सुरु

काठमाडौं, १० बैशाख । आज उपनिर्वाचन अन्तरगत तीनवटा क्षेत्रमा निर्वाचन हुँदैछ । चितवन क्षेत्र नं. २, बारा क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा आज मतदान हुन लागेको हो ।

मंसिर ४ को निर्वाचनबाट निर्वाचित चितवन २ का रवि लामिछानेको सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएकाले पुनः निर्वाचन भएको हो । तनहुँ १ र बारा २ मा निर्वाचित सांसद द्वय रामचन्द्र पौडेल र रामसहाय यादव राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित भएकाले पुनः निर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार तीनै क्षेत्रमा विहान ७ बजेबाट मतदान सुरु भएको छ । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन भएको हो ।

चितवन क्षेत्र नं. २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको मुख्य प्रतिष्पर्धा छ । यसका अलावा अन्य दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार पनि छन् ।

तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

बारा क्षेत्र नं. २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

मतदान बेलुकी ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । साथै, गृह प्रशासनले उपनिर्वाचन भइरहेका क्षेत्रमा सवारी साधन चलाउन रोक लगाइएको छ ।













0 प्रतिकृया