Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नोवेलमा नौ वर्षीय बालकको प्याङ्क्रियाज सिस्टको सफल शल्यक्रिया

एक्सन खबर
बैशाख, १०, २०८०


नोवेलमा नौ वर्षीय बालकको प्याङ्क्रियाज सिस्टको सफल शल्यक्रिया

विराटनगर, १० बैशाख । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नौ वर्षीय एक बालकको प्याङ्क्रियाजको सिस्टको सफल शल्यक्रिया गरेको छ । नोवेलका पेडियाट्रिक सर्जन डा.सञ्जय कुमार साहको नेतृत्वको चिकित्सा टोलीले उक्त बालकको सफल शल्यक्रिया गरेको हो ।

अस्पतालका अनुसार ती बालकलाई करिब डेढ महिना अगाडि साइकलबाट लडेर पेटमा दखल परि दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा प्याङ्क्रियाजमा चोट लागेको पत्ता लागे पछि पाँच दिन भर्ना गरी उपचार पश्चात डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बिरामी फलोअपमा आउने क्रममा परीक्षण गर्दा प्याङ्क्रियाजमा सिस्ट बढेको पाइएकोले पेडियाट्रिक सर्जन डा. सञ्जय कुमार साहको नेतृत्वमा सर्जन डा. सचिदानन्द साह, डा. दिपक कुमार यादव लगायतको टोलीले शल्यक्रिया मार्फत उपचार गरिएको छ ।

प्याङ्क्रियाजको सिस्ट एक जटिल प्रकारको समस्या हो जो प्याङ्क्रियाजको चोट वा संक्रमणले गर्दा उत्पन्न हुने गर्दछ । यसको शल्यक्रिया चोट लागेको समयदेखि कम्तिमा ६ हप्तापछि गर्नुपर्दछ । प्याङ्क्रियाजको सिस्टले गर्दा पेटको दुखाई बढ्ने, संक्रमण गराउने, सिस्टबाट रगत बग्ने वा फुट्ने भई गम्भिर अवस्थाको सृजना हुन सक्ने चिकित्सकले बताएका छन् ।















0 प्रतिकृया