Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


मधेस प्रदेशका मुख्यमन्त्रीलाई आयोगको २४ घण्टे स्पष्टिकरण

एक्सन खबर
बैशाख, १०, २०८०


मधेस प्रदेशका मुख्यमन्त्रीलाई आयोगको २४ घण्टे स्पष्टिकरण

बारा, १० बैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरित कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

बारा निर्वाचन क्षेत्र नं. २ मा आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत हुनेगरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधिएको हो ।

‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’ स्पष्टिकरण पत्रमा भनिएको छ ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका रमेश खरेल लगायतको उम्मेद्वारी रहेको छ ।














0 प्रतिकृया