Follow us:


Follow us

१३ वैशाख २०८१, बिहिवार
१३ वैशाख २०८१, बिहिवार


तनहुँ–१ मा स्वर्णीमलाई प्रारम्भिक गणनामै दोब्बरको अग्रता

एक्सन खबर
बैशाख, ११, २०८०


तनहुँ–१ मा स्वर्णीमलाई प्रारम्भिक गणनामै दोब्बरको अग्रता

दमौली, ११ बैशाख । बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोब्बर मतले अगाडी छन् । रास्वपाका स्वर्णीम वाग्ले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारसँग दोब्बर मतान्तरले अगाडी रहेका हुन् ।

सो क्षेत्रबाट मंसिर ४ को निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै भएको उपनिर्वाचनमा वाग्लेले सुरूआतबाटै अग्रता कायम राखेका छन् ।

९२५७ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत पाएका छन् । तेश्रो स्थानमा नेकपा एमालेका सर्वेन्द्र खनाल छन् । उनले १५४९ मत ल्याएका छन् ।

तनहुँ–१ को निर्वाचनमा हालसम्म छ वडाको अन्तिम मतपरिणाम मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन् । जस अनुसार आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ र को नौ हजार दुई सय ५७ मतगणना सकिएको छ ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । मतगणना जिल्ला समन्वय समितिको सभाहलका दुई ठाउँमा कार्य जारी छ । निर्वाचन आयोगले मंगलबार बेलुकासम्म सबै मतपरिणाम आउने जनाएको छ ।













0 प्रतिकृया