Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


उप निर्वाचनः कहाँ कसको अग्रता ?

एक्सन खबर
बैशाख, ११, २०८०


उप निर्वाचनः कहाँ कसको अग्रता ?

काठमाडौं, ११ बैशाख । बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनको मत गणना जारी छ । तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडी छ । एक स्थानमा जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवार विच कडा प्रतिष्पर्धा चलेको छ ।

पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा. स्वर्णीम वाग्ले २५ वटा वडाका मतगणना सकिँदा सात हजार आठ सय ४७ मतान्तरले अगाडी छन् । ३६ हजार ४४३ मतगणना सकिँदा वाग्लेले १८ हजार चार सय ६१ मत पाएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले दश हजार आठ सय १४ मत ल्याउँदा उनी पछि नेकपा एमाले उम्मेदवार सर्वेन्द्र खनालले छ हजार ६८ मत पाएका छन् ।

बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवारसँग दुई सय ३६ मतले अग्रता लिएका छन् । यादवले दुई हजार ८६ मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशावाहाले एक हजार आठ सय ५१ मत ल्याएका छन् । तेस्रो स्थानमा एमालेका पुरूषोत्तम पौडेलले सात सय ३३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, चितवन क्षेत्र नं. २ मा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । रविले तीन हजार ६०२ मत ल्याउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले दुई हजार ८२ मत ल्याएका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ एक हजार ४९४ मतसहित तेस्रोमा सीमित छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी २९ मतमा छन् ।













0 प्रतिकृया