भक्तपुरकाे दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
भक्तपुर, ११ बैशाख । काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ५६३ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्तरोग, हाड तथा नसा रोग, स्त्री रोग, बालरोग तथा जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गरेका केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा ८२ जनाको इसिजी, ७८ जनाको ल्याब परीक्षण र ६५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिँदा ११ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँदेखि शहरसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा दुई वर्षयता हज्जारौं गरिब तथा विपन्न समुदायका नागरिक बढी लाभान्वित भइरहेका छन् । हाल प्रतिनिधि सभा सदस्य समेत रहेका केएमसीका सञ्चालक डा. सुनिल शर्माले २ वर्ष अगाडी निःशुल्क स्वास्थ्य शिविरको अवधारणा ल्याएका थिए ।
चाँगुनारायण नगरपालिका वडा नं. २ सँगको सहकार्यमा उक्त स्वास्थ्य शिविर चलाईएको थियो ।
0 प्रतिकृया