तनहुँ १ मा डा. स्वर्णीम वाग्ले भारी मतले विजयी
एक्सन खबर
तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा डा. वाग्ले नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका गोविन्द भट्टराई भन्दा १४ हजार ७ सय ९६ बढी मत ल्याए । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।
निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदै तेस्रो हुँदा राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।
यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । डा. वाग्ले नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
0 प्रतिकृया