Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


यस्ताे छ चितवन र बारा २ काे पछिल्लाे अवस्था

एक्सन खबर
बैशाख, १२, २०८०


यस्ताे छ चितवन र बारा २ काे पछिल्लाे अवस्था

काठमाडौं, १२ वैशाख । बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नं. २ मा रवि लामिछाने र उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि रहँदा उनकाे जित निश्चित भएकाे छ । बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता बढाएपनि उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पच्छ्याइरहेका छन् ।

रवि लामिछानेले ५६ हजार ५०७ मत गणना हुँदा ४० हजार ६९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाउँदै दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेकाले उनकाे जित निश्चित देखिएकाे छ ।

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने भारी मतका साथ निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

बारा २ मा जसपाका यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्दा जनमतका कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन् । नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ७ सय मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११७४ मतसहित चौथो स्थानमा छन् ।













0 प्रतिकृया