Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


हिउँ चितुवाकाे बासस्थान बारे नेकमा विज्ञहरू विच अन्तरक्रिया

एक्सन खबर
बैशाख, १२, २०८०


हिउँ चितुवाकाे बासस्थान बारे नेकमा विज्ञहरू विच अन्तरक्रिया

काठमाडाैं, १२ बैशाख । नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँ चितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थारू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रमकाे विज्ञहरूविच अन्तरक्रिया भएकाे हाे ।

कार्यक्रममा चीनको एमिति फाउण्डेसनका शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग, र फेङ चेङले ती संस्थाहरूले नेपालमा तथा चीनमा गरिरहेका विभिन्न अध्ययन तथा अन्य आयोजनाहरू बारे प्रकाश पारेका थिए ।

नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रको तर्फबाट उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले ती चीनियाँ संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको विकट क्षेत्रहरूमा वासस्थान बनाएका हिउँचितुवा तथा अन्य दूर्लभ वन्य जन्तुहरूको अध्ययन विगत १८ महिनादेखि स्थानीय बासिन्दाहरू समेतको सहयोगमा गरिरहेका छन् ।

अध्ययनको क्रममा लप्चेमा आधा दर्जन भन्दा बढी हिउँ चितुवाहरू भएको प्रमाण भेट्टाएको जानकारी प्राप्त भएको छ । ती इलाकाहरूमा प्राप्त जैविक विविधताबाट नेपालमा वातावरणीय पर्यटन प्रोत्साहन प्रवर्धन गर्न सकिनेबारे दुवै पक्षले अन्तरक्रियामा सहमति जनाए ।

अन्तरक्रियामा उक्त अध्ययनको प्रारम्भिक उपलब्धीहरूबारे डा. नारायणप्रसाद कोजूले विस्तृत रूपमा प्रकाश पारेका थिए । दुर्गम स्थानमा बसाेबास गर्ने दुर्लभ जीवहरूकाे बासस्थान, आहारा तथा अन्य विधाहरूकाे अध्ययन गर्न अति कठिन तथा खर्चिलाे हुने गर्दछ ।

जंगलकाे बिचमा विभिन्न स्थानहरूमा क्यामरा जडान गरी महिनाैंसम्म कुरेर क्यामरामा कैद भएका चित्रहरूबाट प्राप्त तथ्यांकहरूकाे विश्लेषण गरी निष्कर्ष निकाल्नु पर्ने हुन्छ । दाेलखाकाे लप्चेमाथिकाे अध्ययन क्षेत्रमा पुग्न पनि झण्डै तीन दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले हिउँ चितुवाकाे अध्ययनका लागि चिनियाँ संस्थाहरूले गरेकाे आर्थिक तथा प्राविधिक सहयाेगकाे लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्ता अध्ययन अनुसन्धानका क्षेत्रमा सहकार्य र सहयाेग आदानप्रदान हुनेमा विस्वास व्यक्त गरे ।

सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भइ सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विश्वका धेरै कलेज तथा विश्वविद्यालयहरूसँग सहकार्य गरेर विभिन्न साेध तथा अनुसन्धानहरू गर्ने गरेकाे छ ।












0 प्रतिकृया