Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


बारा २ मा ५ हजार बढी मतान्तरले उपेन्द्र यादव विजयी

एक्सन खबर
बैशाख, १३, २०८०


बारा २ मा ५ हजार बढी मतान्तरले उपेन्द्र यादव विजयी

पर्सा, १३ वैशाख । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधि सभा उपनिर्वाचनमा  पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार बढी मतान्तरले विजयी भएका हुन् ।

यादवले २८ हजार ४१५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत ल्याउँदै दाेश्राे स्थानमा रहे । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले क्रमसः २ हजार ८२९ र २ हजार ७३८ मत पाए ।

गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव उपचुनावबाट संसद भवन छिरेका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि याे क्षेत्र रिक्त रहेकाे थियो ।

यससँगै बैशाख १० गते सम्पन्न उपनिर्वाचनकाे मतगणना सकिएकाे छ । मंगलबार चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने सर्वाधिक मत सहित विजयी भए । त्यसअघि तनहुँ १ मा पनि रास्वपाकै उम्मेदवार डा. स्वर्णीम वाग्ले विजयी भएका थिए ।













0 प्रतिकृया