Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


सन्दीपकाे उत्कृष्ट प्रदर्शनमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

एक्सन खबर
बैशाख, १४, २०८०


सन्दीपकाे उत्कृष्ट प्रदर्शनमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडाैं, १४ बैशाख । कमजाेर ब्याटिङ गरेपनि उत्कृष्ट व्याटिङका कारण नेपाल एसिसी प्रिमियर कपकाे समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । कतारसँग समुह चरणकाे अन्तिम खेलमा कतारलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दा सन्दीप लामिछाने नायक भए । नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट हुँदा सन्दीपले पाँच विकेट मात्र लिएनन् व्याटिङमा पनि उत्कृष्ट खेले ।

सन्दीपले बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे । सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखेर १४ रन मात्र खर्चिए । नेपालका लागि सोमपाल कामीले तीन विकेट र ललितनारायण राजवंशीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुवात खराब रह्याे । नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो । नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोड्दा ५८ बलमा ६ चौका प्रहार गरे ।

चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए । भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के । ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए ।

त्यसपछि कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट हुँदा ३६ बलमा २ चौका प्रहार गरे । कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा मात्र ३ रन जाेड्दै आउट भए । सोमपाल कामी ११ रनमा आउट हुँदा नेपालले २१ ओभरमा ६ विकेट गुमाएर ८४ रन मात्र जाेडेकाे थियो ।

सातौं विकेटको रुपमा आरिफ शेख ११ रन बनाएर आउट भए । उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको थियाे । लगत्तै चार बलपछि दीपेन्द्रसिंह ऐरी आउट भए । ऐरीले १२ रन मात्र जोड्न सके । २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले क्याच गर्दै पेभेलियन पठाए ।

ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भएकाे खेलमा सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भयाे । २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए ।

बलिङमा कतारका अमिर फारुकले ४ विकेट, ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट लिए ।

ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले १५-१५ रन जोडे । ओपनर कमरान खानले ८ रन, इमाल लियानागेले ६ रन, इक्रामउल्लाह खान ५ रन,  आमिर फारुक १४ र वलिद ३ रनमा आउट भए ।

सन्दीप प्लेयर अफ द म्याच

नेपालका स्पिनर सन्दीप एसिसी प्रिमियर कपमा कतारविरुद्ध प्लेयर अफ द म्याच घाेषित भए । कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन अलराउन्ड प्रदर्शन गरेका सन्दीप खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

जारी प्रतियाेगितामा नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गर्दा नेपाल र साउदी अरेबियाबीचको तेस्रो खेल वर्षाका कारण रद्द हुँदै एक एक अंक बाँडेका थिए । एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो ।

जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्दा समूहमा ६ अंक जोडेको ओमान उपविजेता बन्दै  अन्तिम चारमा पुगेकाे छ । आगामी शनिबार नेपालले समूह 'बी' को उपविजेता कुवेतसँग सेमिफाइनल खेल्नेछ ।













0 प्रतिकृया