Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


सुकुम्बासीको जग्गा नापजाँच गर्दै सांसद सुनिल शर्मा (फाेटाे फिचर सहित)

एक्सन खबर
बैशाख, १५, २०८०


सुकुम्बासीको जग्गा नापजाँच गर्दै सांसद सुनिल शर्मा (फाेटाे फिचर सहित)

मोरङ, १५ बैशाख । कुनैपनि नागरिक गाँस बास र कपासबाट बञ्चित हुनुहुँदैन भन्ने सांसद डा. सुनिल शर्माले आफ्नो क्षेत्रका सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागेका छन् ।

सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिलाउने चुनाबी प्रतिबद्धता अनुसार डा. शर्माले आज जग्गा नापजाँच गर्ने सरकारी टोली लिएर मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ पुगेका हुन् । सरकारी टोलीसँगै आफैं जग्गा नापजाँच गर्ने कार्यमा डा. शर्मा खटिए ।

डा. शर्मा सरकारी अमिनको टोलीसँगै वडा नं. ६ बिहिबारेका लालपुर्जा विहिन जनताका घरघर पुगेर जग्गा नाप्ने कार्यमा सहभागी भए । सोक्रममा डा. शर्मासँगै सरकारी अमिनको टोलीले सो क्षेत्रमा बर्षौंदेखि बसोबास गरेपनि लालपुर्जा नपाएकाहरुको जग्गाको विवरण संकलन पनि गरे ।

डा. शर्माले स्थानीय जनताहरुलाई चाँडोभन्दा चाँडो लालपुर्जा दिलाउन आफु सक्रिय रहेको बताए । साथै, सांसद शर्माले सरकारी टोलीलाई जनताले भोग चलन गरेको जग्गाजमिनको नापजाँच गरी तत्काल प्रक्रिया अगाडी बढाउन निर्देशन पनि दिए । ‘कुनैपनि नागरिक भूमिहिन बन्नु हुँदैन । आवश्यक प्रक्रियाहरु सक्दो चाँडो सक्नुहोला ।’ डा. शर्माले भने ।

सोक्रममा उनले स्थानीय जनताका समस्याहरु पनि सुने । विगत ६ वर्षयता लगातार आफ्नो क्षेत्रका जनतालाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका सांसद डा. शर्माले आफु जनताको सेवा गर्नकै लागि राजनीतिमा लागेको बताए ।

सुकुम्बासी समस्या समाधान गर्ने, लालपुर्जा दिलाइदिने भन्दै विगतमा पटकपटक चुनाव जितेर गएकाहरु फर्केर नआएको तितो अनुभव बोकेका मोरङ क्षेत्र नं. ३ का जनताले गएको मंसिर ४ मा डा. शर्मालाई अत्याधिक मतका साथ संसदमा पठाएका थिए । डा. शर्माले चुनाब जितेको भोलीपल्टबाटै आफ्ना प्रतिबद्धता पुरा गर्न थालेकोमा उनीहरु सुकुम्बासी समस्या पनि समाधान हुनेमा विस्वस्त देखिएका छन् ।



















0 प्रतिकृया