११० दिन चलेर अन्त्य भयाे संसद्को हिउँदे अधिवेशन
एक्सन खबर
काठमाडौँ । ०७९ मंसिर ४ गतेकाे निर्वाचन पछि बनेकाे नयाँ संसद ११० दिन चलेपनि एउटै कानुन नबनाइ अन्त्य भएकाे छ । गएराती १२ बजेपछि संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएकाे हाे ।
मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्दा प्रतिनिधि सभाले ८ वटा विधेयक मात्र दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
तीन वटा कानुन प्रतिनिधि सभामा पेस भए । पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए । राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत हिउँदे अधिवेशनमा १९ बैठक बस्दा प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।
शुक्रबार संसदकाे अन्तिम दिन मात्र संसदीय समितिहरू गठन भए । प्रतिनिधि सभाले आफ्नो नियमावली निर्माण गर्नेबाहेक कुनै काम अधिवेशनमा गर्न सकेन । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।
0 प्रतिकृया