Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

एक्सन खबर
बैशाख, १६, २०८०


नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडाैं, १६ बैशाख । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । फाइनलमा नेपालले युएईसँग प्रतिष्पर्धा गर्नेछ ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन मात्र जोड्दा वर्षाले खेल रोकिएको थियो । डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपालले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

वर्षा हुनुअघिकाे खेलमा नेपालका करण केसीले पाँच विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।

वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो । डिएलएस मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पाएपनि वर्षाका कारण खेल रद्द भयाे ।

यता, मुलपानी क्रिकेट मैदानमा भएकाे अर्काे सेमिफाइनल खेलमा युएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुगेकाे छ । साेमबार हुने फाइनलमा अब नेपाल र युएई प्रतिष्पर्धा गर्ने भएका छन् ।

पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छदा २३६ रनमा अलआउट हुँदा २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनायाे । त्यसपछि खेल वर्षाले रोकिएको थियो ।

प्रतियाेगिताकाे विजेता टिम एसिया कपमा छनोट हुने तथा एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ ।
















0 प्रतिकृया