Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


नेपाल र युएईबीचको फाइनलमा वर्षा बाधक, भाेली के हाेला ?

एक्सन खबर
बैशाख, १८, २०८०


नेपाल र युएईबीचको फाइनलमा वर्षा बाधक, भाेली के हाेला ?

काठमाडाैं, १८ साेमबार । युएईकाे २ विकेट मात्र बाँकी रहेकाे अवस्थामा वर्षा बाधक बन्दा नेपाल र युएई विचकाे एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित भएकाे छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि म्याच रेफ्री सारिका प्रसादले आज राेकिएकै स्थानबाट भाेली खेल खेलाइने भन्दै जनाए ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । भाेली विहान अब युएईले २७.४, १०६–९ मा खेल सुरू गर्नेछ ।

नेपालले उत्कृष्ट बलिङ पस्किएकाे खेलमा युएईका ब्याट्सम्यानहरू निराश भए । नेपालका स्पिनर ललित नारायण राजवंशीले ३ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले समान २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिए ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए । उनी स्पिनर ललितको २८ औं दोस्रो बलमा आरिफ शेखबाट क्याच आउट भए । उनी पछि अर्को बलमा जहुर खान स्लिपमै क्याच आउट भए ।

सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दा आर्यन लाक्रासँग १७ रनको साझेदारी गरे ।

युएईका वृत्य अरविन्दलाइ ८ रनमै क्याच आउट भए । उनी करण केसीको पाँचौं ओभरको पाँचौं बलमा सट खेल्ने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । लगत्तै करण केसीको अर्को ओभरको पहिलो बलमा आर्यन १३ रनमा आरिफ शेखबाट क्याच आउट भए ।

स्पिनर ललितको १० औं ओभरको पहिलो बलमा रमिज शाहजाद लङअनमा गुलशन झाबाट ५ रनमा क्याच आउट भए । सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा कुशल मल्लबाट दुई रनमा क्याच आउट भए ।

छैटौं विकेटका लागि आसिफ खान र बसिल अहमिदले ३९ रनको साझेदारी गर्दा गुलशन झाले २३ औं ओभरको पाँचौं बलमा बसिललाई १० रनमा बोल्ड आउट गराए । सन्दीप लामिछानेको २६ औं ओभरको चौथो बलमा आयन खान कुशल मल्लबाट ५ रनमा आउट भए ।

मंगलबार युएईले बिहान ९ बजे खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । भाेली नतिजा आउन नसकेमा खेल सुपर ओभरमा जानेछ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसके शिर्ष स्थानकाे हैसियतले नेपाल एसिया कपमा छनाैट हुनेछ ।




















0 प्रतिकृया