Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


एसीसी प्रिमियर कप क्रिकेटः नेपाल सामु ११८ रनकाे लक्ष्य

एक्सन खबर
बैशाख, १९, २०८०


एसीसी प्रिमियर कप क्रिकेटः नेपाल सामु ११८ रनकाे लक्ष्य

काठमाडाैं, १९ बैशाख । यूएईले नेपाललाई  ११८ रनकाे लक्ष्य दिएकाे छ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न नेपालले युएईबाट १ सय १८ रनको लक्ष्य पाएको हाे ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा युएईलाई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोट हुने अवसर बनेकाे छ ।

यसअघि सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई पुनः निरन्तरता दिइएकाे हाे । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरूद्ध भएकाे थियाे । मंगलबार त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएईले ५.४ ओभरमा मात्र ११ रन बनाउन सफल भयाे ।

साेमबार लगातार दुई विकेट लिँदै खेल स्थगितमा परेका ललित मंगलबार ह्याट्रिक विकेटमा चुके ।













0 प्रतिकृया