ललितपुरको लामटारमा केएमसीकाे निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १९ बैशाख । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको लामटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५२३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, ११७ जनाको ल्याब परीक्षण तथा ९८ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको तथा २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।
उक्त स्वास्थ्य शिविर महालक्ष्मी नगरपालिका वडा नं. ९ सँगको सहकार्यमा भएको हो । केएमसीले २ वर्षयता लगातार देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेकोमा गरिब तथा विपन्न समुदायका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले बढी लाभ लिइरहेका छन् ।
निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका बरिष्ठ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गर्छन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान सुरु गरेका हुन् ।
0 प्रतिकृया