Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सुडानमा द्वन्द्वरत पक्ष एक साताकाे युद्धविराममा सहमत

एक्सन खबर
बैशाख, २०, २०८०


सुडानमा द्वन्द्वरत पक्ष एक साताकाे युद्धविराममा सहमत

काठमाडौं, २० वैशाख । अफ्रिकी मुलुक सुडानमा सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएका छन् । द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका बीबीसीले जनाएको छ ।

युद्धविराममा दुवै पक्षबीच शान्ति वार्ता हुने भनिएकाे छ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ-आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।

यसअघि युद्धविरामको सम्झौता भएपनि पालना भएको थिएन । दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका थिए । सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ ।

यो अवधिमा एक लाख भन्दा बढीले देश छाडिसकेका छन् । ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार बढी घाइते भएका संयुक्त राष्ट्रसंघले जनाएकाे छ ।

मंगलबार पनि राजधानी खार्तुम, पश्चिम क्षेत्र दारफुर लगायतका क्षेत्रमा लडाइँ जारी थियो । अधिकारीहरुले यदि लडाइँ जारी रहेमा सुडान ठूलो संकटमा पर्ने बताउँदै आएका छन् ।













0 प्रतिकृया