Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन्’ बालेन शाह

एक्सन खबर
बैशाख, २०, २०८०


‘नयाँ, पुरानो सबै नेताहरू चोर हुन्’ बालेन शाह

काठमाडौं, २० बैशाख । बागमति, धाेबिखाेला किनारामा सार्वजनिक जग्गा कब्जागरी बसेका सुकुम्बासी हटाउन संघीय सरकारले सहयाेग नगरेपछि सिंहदरबार प्रति खनिँदै आएका काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले पुनः विवादास्पद अभिव्यक्ति दिएका छन् ।

मंगलबार मेयर बालेन शाहले कुनै नेताहरूलाई देशको माया नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले नयाँ-पुराना सबै नेताहरू चोर हुन् भन्दै कसैलाई देशको माया नभएको लेखेका छन् ।

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’ फेसवुकमा शाहले लेखेका छन् । केही समयअघि सिंहदरबारप्रति आक्राेस प्रकट गर्दै मेयरले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय र सहयाेग नगरेकाे बताएका थिए । सिंहदरबारले महानगरलाइ सहयोग नगरेको भन्दै सिंहदरबारकाे फोहोर नै उठाएको थिएन ।

'कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस् कि राजधानी सार्नुस् ।' बालेनले पटकपटक सिंहदरबार र संघीय सरकारसँग रिस पाेखिरहेका छन् ।

बालेनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।













0 प्रतिकृया