Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


सडक दुर्घटनामा मृत्यु भएका साहको परिवारलाई फरवार्डले दियो ११ लाख २५ हजार

एक्सन खबर
बैशाख, २०, २०८०


सडक दुर्घटनामा मृत्यु भएका साहको परिवारलाई फरवार्डले दियो ११ लाख २५ हजार

सुनसरी, २० बैशाख । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सुनसरी दुहवीका एक ग्राहक सदस्यका परिवारलाई मृत्यु दावी बीमा रकम वितरण गरेको छ । फरवार्डले दुहवी नगरपालिका ५ बस्ने ग्राहक सदस्य हरेराम साहको दुर्घटनामा अकस्मात निधन भएपनि उनको परिवारलाई कर्जाको बीमा रकम हस्तान्तरण गरेको हो ।

बुधबार लघुवित्त अभियान्ता, पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नं. ३ की संघीय सांसद भगबती चौधरीले स्वर्गीय साहकी श्रीमती नितु साहलाई ११ लाख २५ हजार हस्तान्तरण गर्दै दुहवीले सफल युवा व्यवसायी गुमाएको बताइन् । बीमा रकमको सदुपयोग गर्दै व्यवसाय र छोराछोरीका उचित शिक्षामा खर्च गर्न सुझाउँदै सांसद चौधरीले फरवार्डले उद्यमशीलता र ग्रामिण अर्थतन्त्रमा काम गरिरहेकोले आउँदा दिनहरुमा पनि सहकार्य गर्ने बताइन् ।

व्यवसायी साहले फरवार्डबाट ५ महिना अघि ५ लाख रुपैंया कर्जा लिएका थिए । फरवार्डले कर्जा प्रवाह गर्ने बेलामै कर्जाको बीमा समेत गर्ने गर्दछ । साहको ऋण लिएको चार महिना पछि सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारलाई कर्जाको डबल रकमसहित एक लाख १५ हजार क्रिया खर्च समेत दिइएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ ।













0 प्रतिकृया