Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

एक्सन खबर
बैशाख, २१, २०८०


आज नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

काठमाडाैं, २१ बैशाख । आज विहीबार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नेछन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह अपरान्ह ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए । खानेपानी, वन तथा वातावरण मन्त्रालय अझै खाली छ । यी मन्त्रालय प्रधानमन्त्रीले हेरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो ।













0 प्रतिकृया