Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


काउन्सिलद्वारा नेपाल इन्जिनियरिङ कलेजकाे अनुगमन, मुल्यांकन

एक्सन खबर
बैशाख, २२, २०८०


काउन्सिलद्वारा नेपाल इन्जिनियरिङ कलेजकाे अनुगमन, मुल्यांकन

काठमाडाैं, २२ बैशाख । नेपाल इन्जिनियरिङ काउन्सिलले चाँगुनारायण नगरपालिका स्थित नेपाल इन्जिनियरिङ कलेजको निरीक्षण, अनुगमन गरेको छ । काउन्सिलका उपाध्यक्ष इन्जिनियर डाक्टर विकास अधिकारी, सदस्यहरू प्रा.डा. विष्णु पाण्डे, इ. दिपेन्द्र बरैतले बुधबार कलेजको शैक्षिक, प्रशासनिक तथा पूर्वाधारको अनुगमन तथा अवलोकन गरेको हो ।

काउन्सिलले देशभर सञ्चालित इन्जिनियरिङ कलेजहरुको नियमन, अनुगमन गरेर स्थायी, अस्थायी सम्बन्धन दिने गर्दछ । नेपाल इन्जिनियरिङ कलेजलाई काउन्सिलले स्थायी सम्बन्धन दिएको छ । सरकारी कलेजपछि नेपाल इन्जिनियरिङ कलेज मात्र यस्तो शैक्षिक संस्था हो जसले काउन्सिलबाट स्थायी सम्बन्धन पाएको छ ।

अनुगमनमा काउन्सिलका पदाधिकारीहरुले कलेजको कक्षा कोठा, प्रयोगशालासँगै फ्याकल्टी तथा कर्मचारीहरुको विवरण लिएको कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । ‘हरेक वर्ष नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ कलेजहरुको अनुगमन गर्दा उनीहरुको शैक्षिक, भौतिक पूर्वाधारहरु मुल्यांकन गरेर स्थायी वा अस्थायी सम्बन्धन दिने गर्दछ । सोही अनुगमनका क्रममा काउन्सिलका पदाधिकारीहरु कलेज आउनु भएको हो ।’ प्रा.डा. श्रेष्ठले भने ।

नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्थाका रूपमा भक्तपुरमा दर्ता भएकाे कलेज हाे । पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजका इन्जिनियरिङ विधाका स्नातक, स्नातकाेत्तर तथा मास्टर्स तहमा अध्ययन अध्यापन हुने गरेकाे छ ।

नेपालमै गुणस्तरिय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने मानक बनाएकाे यस कलेजमा विद्यार्थीका लागि चाहिने सुविधा सम्पन्न प्रयाेगशाला, पुस्तकालय र भाैतिक पूर्वाधार रहेका छन् भने, कलेजले पूर्णकालिन शिक्षक शिक्षिकाहरूकाे व्यवस्था गरेकाले जुनसुकै समयमा विद्यार्थीहरूले नजानेकाे विषयमा जिज्ञासा तथा छलफलहरू गर्न सक्छन् ।



 


















0 प्रतिकृया