Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पनौतीकाे कुशादेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, २३, २०८०


पनौतीकाे कुशादेवीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २२ बैशाख । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले पनौती नगरपालिका वडा नं. ३ स्थित कुशादेवी स्कुलमा हिमाल सहकारी संस्थासँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५२१ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

केएमसीका जनलर मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ५२ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे तथा ५ जनाको दाँत खोलिएको छ । साथै, स्वास्थ्य शिविरमा आएका २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर पनि गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले गाउँगाउँमा स्वास्थ्य शिविर पुर्याउँदा गरिब, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्थानीय जनता बढी लााभान्वित भइरहेका छन् । स्वास्थ्य शिविरमा केएमसीका दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन लगायतको स्वास्थ्य जाँच गर्ने गर्छन् ।

केएमसीलाई आम जनताका घरदैलोमा पुर्याउने अभिप्रायले केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान सुरुवात गरेका हुन् ।
















0 प्रतिकृया