आरजु देउबा र मञ्जु खाँडले घुस लिएको अडियो सार्वजनिक (अडियो सहित)
एक्सन खबर
काठमाडाैं, २३ बैशाख । भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँडले कराेडाैं रकम खाएकाे खुलेकाे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु र बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडले कराेडाैं रकम घुस लिएको खुलासा भएको छ ।
पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गरेकाे अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई दुई करोड र गृहमन्त्री खाँडकी श्रीमती मञ्जु खाँडलाई ६ करोड अनामनगरको घरमा गएर हातैमा बुझाएको सुनिएकाे छ ।
सुन्नुहाेस अडियाे
सन्देश शर्मा भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पुर्व गृहमन्त्री खाँड र उनको श्रीमतीलाई ६ करोड दिएको फोन बार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको महेश बस्नेतले लेखेका छन् ।
प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस भन्दै बस्नेतले अडियाे सार्वजनिक गरेकाे बताएका छन् । १ मिनेट २ सेकेण्डकाे अडियाेमा २ कराेड आरजु राणा र ६ कराेड मञ्जु खाँडलाई दिइएकाे भनिएकाे छ ।
‘मलाई केहि डर छैन, आरजु देउबालाई साँढे दुइ करोड, ६ करोड बालकृष्ण मञ्जु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाइ त्यो कुरा छोडदिनु न’ अडियाेमा भनिएकाे छ ।
अडियो सार्वजनिक गर्दै बस्नेतले लेखेका छन्–‘ध्यान दिएर सुन्नु है आरजु देउबालाई साँडे २ करोड बुझाएको कुरा पनि उल्लेख छ । प्रचण्ड कमरेड र नारायणकाजि कमरेड, आरजु भाउजु, बालकृष्ण र मञ्जु खाँडलाई तत्काल पक्राउ पुर्जि जारी गर्नुस् । सक्नुहुन्न भने राजिनामा दिनुस हामी गर्छौ भ्रष्ठहरुलाई कडा कार्बाहि ।’
स्राेतका अनुसार अडियाे ३० मिनेटकाे छ । उक्त अडियाे प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेकाेमा एक सय बढी पीडित छन् ।
0 प्रतिकृया