Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


केएमसीकाे न्यूराेसर्जरीद्वारा दुई दिने आवासीय एपिलेप्सी कार्यशाला सम्पन्न

एक्सन खबर
बैशाख, २४, २०८०


केएमसीकाे न्यूराेसर्जरीद्वारा दुई दिने आवासीय एपिलेप्सी कार्यशाला सम्पन्न

काठमाडाैं, २४ बैशाख । काठमाडौं मेडिकल कलेजको न्युरोसर्जरी विभागले दुई दिने आवासीय एपिलेप्सी कार्यशाला सञ्चालन गरेकाे छ । नेपाल इपिलेप्सी सोसाइटीको आयोजना र एशियन ओशनिक-इन्टरनेशनल लिग अगेन्स्ट इपिलेप्सीसँगको सहकार्यमा वैशाख २२ गतेदेखि २४ गतेसम्म दुई दिने आवासीय एपिलेप्सी कार्यशाला सञ्चालन गरेको हाे ।

केएमसीका प्रा. डा. अमित थापाको नेतृत्वमा भएकाे कार्यशालामा न्युरोसर्जन, न्यूरोलोजिस्ट, मनोचिकित्सक र मनोवैज्ञानिकहरू एउटै ठाउँमा बसेर एपिलेप्सी हेरचाहका वर्तमान मापदण्डहरूका बारेमा छलफल गरेका थिए ।

विश्वको ७० प्रतिशत मिर्गी रोगी दक्षिण एसियामा बसोबास गर्दै आएका भएपनि १० प्रतिशत स्रोत साधन मात्रै यस्ता बिरामीको हेरचाहमा खर्च हुने भएकाले पाठ्यक्रमको आवश्यकता महशुस भएको सोसाइटीका उपाध्यक्ष समेत रहेका प्रा.डा. थापाले बताए ।

सरकारले सहयोग गर्ने गम्भीर रोगहरूको सूचीमा एपिलेप्सी नपरेकाे बताउँदै डा. थापाले यसले हेरचाह खोज्ने बिरामीलाई आर्थिक दबाब मात्र नभई मिर्गी रोगका बिरामीहरूलाई इलाज गर्न स्वास्थ्य क्षेत्रमा सेवाहरूको सव्यवस्थित विकास हुन नदिएकाे पनि जनाए ।

नर्स र ईईजी प्राविधिकहरूलाई जोड दिएर आधारभूत मोड्युलका साथ बैठक वैशाख २२ गतेबाट सुरु भएको थियो । कार्यक्रममा राम्रो गुणस्तरको ईईजी प्राप्त गर्ने प्रविधि र यसको व्याख्याहरू छलफल गरिएकाे छ ।

कार्यशालाकाे दाेश्राे दिन वैशाख २३ गते मिर्गी रोगको मेडिकल र सर्जिकल व्यवस्थापनमा केन्द्रित समानान्तर सत्रहरू सञ्चालन भए । मेटाबोलिक अध्ययन, रेडियोलोजी, न्यूरोपैथोलोजी र एपिलेप्सी शल्यक्रियाको दीर्घकालीन नतिजाहरूका बिषयमा पनि छलफल र वहस भए ।  कार्यशालाको तेस्रो दिन कानुनी विषय, एपिलेप्सी शल्यक्रिया सम्मेलनको आवश्यकता र अनुभव आदानप्रदानका गरिएकाे छ ।

बैठकमा ११८ प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियाे । २३ संकायहरूले एपिलेप्सीको विभिन्न पक्षहरूमा अन्तरदृष्टि प्रदान गरेका डा. थापाले जानकारी दिए । कार्यशालामा विदेशबाट आएका संकायले नेपालमा भइरहेको कामको प्रशंसा गर्दै समस्या समाधानका विकल्प र विकल्पका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा आफ्नो देशमा छारे रोग सेवा सुरु गर्न इच्छुक दुइ भुटानी सहभागीले AO-ILAE यात्रा अनुदान प्राप्त गरेका छन् । सोसाइटीका उपाध्यक्ष डा. थापाले छिमेकीलाई नेपाल एपिल्पेसी समाजले निरन्तर सहयोग गर्ने बताए ।

सहभागीहरुले गोष्ठिको पाठ्यक्रम सामग्रीलाई अत्याधिक प्रशंसा गरे । बैठकले देशमा छारे रोग सेवाको गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने र एपिलेप्सी विरुद्धको लडाइँमा जनचेतना फैलाउनका साथै पेशागत तालिमका लागि भविष्यमा धेरै बैठकहरू आयोजना गर्ने योजना रहेको समाजको विश्वास छ ।

काठमाडौं मेडिकल कलेजले भर्खरै आफ्नो न्यूरोसर्जिकल सेवालाई नेभिगेसन, रोबोटिक सर्जरी र इन्ट्राअपरेटिभ मोनिटरिङ सेवाहरू सहित अपग्रेड गरेको छ । यस रोगमा प्रशिक्षित न्यूरोलोजिकल र मनोचिकित्सा सेवाहरूको उपलब्धताले यस क्षेत्रमा उत्कृष्ट छारे रोग सेवाहरू प्रदान गर्ने योजना बनाएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
















0 प्रतिकृया