Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


भ्रष्टाचार र अनियमितताको छानबिन गर्न एमालेले जाेडदार माग

एक्सन खबर
बैशाख, २४, २०८०


भ्रष्टाचार र अनियमितताको छानबिन गर्न एमालेले जाेडदार माग

काठमाडौं, २४ वैशाख । जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न नेकपा एमालेले जाेडदार माग गरेको छ । संसदको बजेट अधिवेशनमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै प्रकारका भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले  फिल्म हेर्न टिकट काटेर बसेकाे बताए, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं ।’ प्रमुख सचेतक गिरीले भने ।

एमाले सचेतक महेश बर्तौलाले पनि नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताए । सांसद रघुजी पन्तले नक्कली भूटानी शरणार्थीका विषयमा निष्पक्ष छानविन गर्नुपर्ने र निवर्तमान राष्ट्रपतिले अस्वीकार गरेकाे नागरिकता विधेयक गलत बाटाेबाट जारी गर्न नमिल्ने बताए ।













0 प्रतिकृया