Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


‘नक्कली शरणार्थी प्रकरणका भरियाको संसदमा बयान गरियोस्’ सांसद सुनिल शर्मा

एक्सन खबर
बैशाख, २४, २०८०


‘नक्कली शरणार्थी प्रकरणका भरियाको संसदमा बयान गरियोस्’ सांसद सुनिल शर्मा

काठमाडौं, २४ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमा पक्राउ परेकाहरुले बयान बदलिरहेकोले उनीहरुलाई सदनमै बयानका लागि बोलाउन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माग गरेका छन् । बजेट अधिवेशनको पहिलो दिन संसदमा बोल्दै डा.शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले प्रहरीका अगाडी एउटा बयान र सरकारी वकिलका अगाडी एउटा बयान दिइरहेकोले उनीहरुलाई संसदमा बयान गराउन माग गरेका हुन् ।

करोडौं रकम उठाएर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रकरण राष्ट्रिय विषयवस्तु भइसकेकाले गहन छानविन हुनुपर्ने डा. शर्माले बताए । ‘यो राष्ट्रिय स्क्याण्डल भइसकेकोले संभव हुन्छ भने सदनमा ल्याएर त्यसका दुई वटा भरियाहरुलाई मुख्य नायकहरु को हुन्भन्ने एक्सपोज गर्न लगाउनु पर्छ ।’ प्रकरणमा संलग्नलाई कानुनी कठघरामा ल्याउन सदन इमान्दार हुनुपर्ने डा. शर्माले जिकीर गरे ।

‘कुन पार्टी होभन्ने महत्वपूर्ण हैन, राज्य महत्वपूर्ण हो, देश महत्वपूर्ण हो र नागरिक महत्वपूर्ण हो ।’ बाहिरबाट जनताले सदनलाई हेरेर कुरीकुरी गरिरहेको भन्दै डा. शर्माले दुईवटा पात्रहरुलाई संसदमा ल्याएर बयान गरिनुपर्ने बताए ।

‘जनताले सांसदहरुलाई नै कुरीकुरी गरिरहेको अवस्थामा बस्नुभन्दा यो सदनका सबै सांसदहरु इमान्दार भएर कमसेकम दुईवटा पात्रहरुलाई कष्टडीबाट यहाँ ल्याएर बयान गरियोस हामी सुन्न चाहन्छौं ।’ डा. शर्माले भने ।














0 प्रतिकृया