Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


खानेपानीको शुद्धताको सवालमा कसैसँग सम्झौता हुँदैनः नवनियुक्त खानेपानी मन्त्री

एक्सन खबर
बैशाख, २४, २०८०


खानेपानीको शुद्धताको सवालमा कसैसँग सम्झौता हुँदैनः नवनियुक्त खानेपानी मन्त्री

एसपी यादव
काठमाडौं, २४ बैशाख । नवनियुक्त खानेपानी मन्त्री महिन्द्र राय यादवले जलसँग जीवन जोडिएकोले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् ।

खानेपानी मन्त्रालयकाे पदभार ग्रहण गर्दै मन्त्री यादवले संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर सामुहिक रुपमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

उक्त मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता समेत जनाएका छन् । दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु प्रतिबद्ध रहेको उनले बताए ।

पदभारसँगै नवनियुक्त मन्त्री यादवले "स्वच्छ नेपाल अभियान" लाई दिगो रुपमा सञ्चालन गर्नका लागि एउटा विशेष संयन्त्र गठन गर्न र छुट्टै सरसफाइ सम्बन्धि विशेष कोषको स्थापना र सोको कार्यान्वयनको फाइल पनि सदर गरेका छन् ।

२०७९ चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका यादव आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर खानेपानी मन्त्रीमा नियुक्त भएका छन् ।













0 प्रतिकृया