Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


भक्तपुरको सुर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
बैशाख, २४, २०८०


भक्तपुरको सुर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २४ बैशाख । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले भक्तपुरको सुर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा ६०१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सुर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा ज्योति माध्यामिक विद्यालयसँगको सहकार्यमा गरिएको स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १११ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा ७ जनाको दाँत खोलिएको थियो भने १३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले समाजसेवा गर्दै जनताका घरदैलोमै केएमसीको स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरले शहरी क्षेत्रका जनता मात्र नभएर ग्रामिण क्षेत्रका जनता पनि लाभान्वित भइरहेका छन् । डा. शर्मा हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि उनले थालनी गरेको निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिइँदै आइएको छ ।

स्वास्थ्य शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएर अस्पतालसम्म पुग्न नसकेका नागरिक लाभान्वित भइरहेका छन् ।

















0 प्रतिकृया