पूर्वगृहमन्त्री खाँण प्रकाउ, तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
एक्सन खबर
काठमाडौं, ७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका छन् । बुधबार बिहान नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पूर्वग्रहमन्त्री खाँडलाई निवासबाटै पक्राउ गरेकाे हाे ।
साथै, उनलाई जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पनि दिएकाे काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । खाँडसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरिएकाे छ ।
न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई जरूरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले पक्राउ गरेको थियो ।
त्यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौं पेश गरिएकाे थियाे ।
प्रकरणमा यसअघि १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेकाे छ ।
0 प्रतिकृया