एमाले केन्द्रीय कमिटी बैठक आजबाट
एक्सन खबर
काठमाडौ, २८ बैशाख । झापामा गर्ने तय भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट काठमाडाैंमा सुरु हुँदैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने छ ।
बैशाख २६ गते बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
0 प्रतिकृया