Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


निर्दोषलाई फसाउने खेल भए त्यसकाविरूद्ध एमाले दृढतापूर्वक उभिन्छः केपी शर्मा ओली

एक्सन खबर
बैशाख, २८, २०८०


निर्दोषलाई फसाउने खेल भए त्यसकाविरूद्ध एमाले दृढतापूर्वक उभिन्छः केपी शर्मा ओली

काठमाडाैं, २८ बैशाख ।  भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने खेल भए त्यसकाविरूद्ध आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

बिहीबारबाट सुरू भएकाे केन्द्रीय समितिको बैठकमा बाेल्दै अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने बताए । साथै, दोषीलाई छोडेर निर्दोषलाई फसाउने खेल भए आन्दोलन गर्ने चेतावनी दिँदै भने, ‘दोषीलाई छोड्न खोजियो भने दृढतापूर्वक त्यसको विरूद्ध उभिन्छौं । आन्दोलनमा उत्रिन्छौं ।

साथै, उनले निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि एमालेकाे समर्थन नरहने बताउँदै निर्दोषलाई दोषी बनाउन खोज्नु अर्को अपराध हुने जिकीर गरे । सरकारी पक्ष कसलाई जोगाउने र कसलाई समात्ने भन्ने खेलमा लागेको बताउँदै ओलीले टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी हुँदा केही मानिसहरूले चम्कीचम्की वक्तव्यबाजी गरेको बताए ।

‘टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी हुँदा केही मानिसहरूले चम्कीचम्की वक्तव्यबाजी गरे, तर मैले संयमित भएर प्रधानमन्त्रीलाई नै भेटेर दोषी नउम्कियोस्, निदोर्ष नफसुन् भनेको थिएँ,’ ओलीले भने ।

अहिलेको परिस्थितमा यो विषय प्रधानमन्त्री र गृहमन्त्रीको हातमा नरहेको बताउँदै केही मान्छेहरू हिराे हुन खाेजिरहेकाे जिकीर गरे । ‘अहिले हिरो हुन खोजिराछन् कोही मान्छेहरू । म कुनै हालतमा छोड्दिनँ भन्छन्, उनका हातमा भएको भए हिजो यो मुद्दा चल्थ्यो ? मान्छे गिरफ्तार हुन्थे ?’

ओलीले प्रकरणमा जेठ ३० गते पक्राउ परेका व्यक्तिहरू छोडिनुको कारणबारे समेत अनुसन्धान हुनुपर्ने बताए । त्यतिबेला मुख्य अभियुक्त नै पक्राउ परेको र राजनीतिक दबाबमा छाडिएको विषय र अहिले घटनाको अनुसन्धानमा भइरहेको प्रगति हेर्दा अब भुटानी शरणार्थीको विषय सरकारको हातमा नरहेको पुष्टि हुने उनकाे भनाइ छ ।

















0 प्रतिकृया