फरवार्ड माइक्रोफाइनान्स ११ औं वर्षमा प्रवेश (फाेटाे फिचर सहित)
एक्सन खबर
सुनसरी, ३ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दशौं वर्ष पुरागरी ११ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा फरवार्ड माइक्रोफाइनान्सको मुख्य कार्यालय सुनसरीको दुहवीमा विशेष कार्यक्रम गरियो ।
कार्यक्रमको प्रमुख अतिथी गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी रहेका थिए । फरवार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत समेत रहेका प्रमुख अतिथी चौधरीले फरवार्ड माइक्रोफाइनान्सबाट कर्जा लिएर स्वाबलम्बी भएकाहरुको आर्थिक तथा सामाजिक उत्थान भएको बताए ।
लघूवित्तको क्षेत्रमा आर्थिक मन्दी र केही समुह तथा ब्यक्तिको गलत नियतका कारणले समस्या आएको बताउँदै लघुवित्त नभएमा मिटर ब्याजीको कारोवार बढ्ने र जनता झनै शोसित हूने र अर्थ ब्यवस्था नै खराव स्थितिमा जाने जिकीर गरे ।
विपन्न तथा कमजोर आर्थिक अवस्थामा रहेकाहरुका लागि लघुवित्त सहारा भएको चर्चा गर्दै चौधरीले आफू प्रमुख कार्यकारी अधिकृत हुँदा कर्मचारीहरुको साथ र सहयोगकै कारण संस्थालाई नेपालकै उत्कृष्ट माइक्रोफाइनान्सको रुपमा स्थापित गर्न सकेको बताउँदै संस्थाप्रति कर्मचारी उत्तरदायी हुनुपर्ने र कर्मचारीप्रति संस्थापनि उत्तरदायी रहनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी फरवार्डका सञ्चालक समिति सदस्य कमल सिंह राजवंशीले ग्रामिण क्षेत्रको उत्थान र महिलाहरुलाई सक्षम मनाउन लघुवित्त कार्यक्रमले उल्लेखनीय योगदान पुर्याएको बताए ।
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दुहबीका प्रबन्धक सुमन आचार्यले लघुवित्त गरिबहरुको बैंक भएको बताउँदै पछिल्लो समय केही व्यक्तिको स्वार्थपुर्तीका लागि लघुवित्तको बिरुद्धमा अफवाह फैलाइरहेको बताए । ग्रामीण अर्थतन्त्रलाई बैंकिङ्ग च्यानलमा ल्याउने माध्यम नै लघुवित्त भएकाले यसको योगदानलाई अवमुल्यन गर्न नहुने बताए ।
एभरेष्ट बैंक शाखा कार्यालय दुहबीका प्रबन्धक कृष्णचन्द कर्णले नेपालको आर्थिक बिकास ग्रामीण मोडलमा रहेको र यसको बिकासमा लघुवित्तको ठुलो सहयोग रहेको चर्चा गरे । केही व्यक्तिहरु व्यक्तिगत स्वार्थपुर्तीका लागि लघुवित्तको बिरुद्धमा लागेकाको त्यस विरुद्ध सम्पूर्ण वित्तीय संस्थाहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।
ग्रामीण महिला उत्सुकता बिकास मञ्च (फरवार्ड) बाट प्रतिनिधित्व गरेकी सञ्चालक सदस्य राज कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले स्वागत मन्तब्य राख्दै ग्रामीण महिला उत्सुकता बिकास मञ्च स्थापनाको छोटो समयमा बचत तथा ऋण कार्यक्रम मार्फत समाजमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै वित्तीय साक्षरता फैलाएको बताए ।
पछिल्लो समय फरवार्ड माइक्रोफाइनान्सले पुर्व मेचीदेखि पश्चिममा महाकालीसम्म ४० जिल्लाका १६२ शाखा मार्फत लघूवित्त सेवा कार्यक्रम विस्तार गरिरहेको जनाउँदै संस्थाले धितो तथा बिना धितो लगानी गर्दा गरिब, विपन्न परिवारका सदस्यहरु स्वरोजगार तथा उद्यमी बनेको जिकीर गरे ।
माइक्रोफाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले लघुवित्त कार्यक्रम ग्रामिण अर्थतन्त्रको सारथी रहेको बताउँदै पछिल्लो समय लघुवित्त क्षेत्रमा भ्रम फैलाउने काम भइरहेको जनाउँदै त्यसका विरुद्ध सकारात्मक सचेतना फैलाउनु अपरिहार्य रहेको बताए । कार्यक्रममा फरवार्ड नेपालकी उपाध्यक्ष कलाबती थरुनी, शेयर सदस्य, व्यवस्थापन समिति, साधारण सदस्यहरुसँगै संस्थाका शाखाहरुको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा वर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो । प्रथम स्थान हासिल गर्ने १३२ केन्द्र, दोश्रो स्थान हासिल गर्ने १४० केन्द्र, तेश्रो स्थान हासिल गर्ने ७२ केन्द्र गरी ३४४ वटा केन्द्रलाई ५ लाख ४६ हजार रुपैंया वितरण गरिएको सामान्य प्रशासन विभागका प्रमुख विनोद कुमार चौधरीले जानकारी दिए ।
0 प्रतिकृया