Follow us:


Follow us

३ कार्तिक २०८३, सोमवार
३ कार्तिक २०८३, सोमवार


च्याम्पियन्स लिग फाइनलमा सिटी र इन्टर आमने सामने

एक्सन खबर
जेठ, ४, २०८०


च्याम्पियन्स लिग फाइनलमा सिटी र इन्टर आमने सामने

काठमाडाैं, ४ जेठ । युरोपेली च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टरमिलान आमने सामने भएका छन् । गएराती सम्पन्न दुइ सेमिफाइनलमा सिटीले रियल मड्रिड र इन्टरले एसी मिलानलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

घरेलु मैदानमा म्यानचेस्टरले सर्वाधिक च्याम्पियन लिगकाे विजेता रियलकाे डिफेन्सलाई ध्वस्त पार्दै उत्कृष्ट खेल्दा इन्टरले पनि छिमेकी एसी मिलानलाई पराजित गरेर फाइनलकाे यात्रा तय गरेकाे हाे ।

बुधबारकाे खेलमा रियललाई सिटीले ४–० ले पराजित गर्दा बर्नाडो सिल्भाले दुई गोल गरे । जुलियन अल्भारेजले एक गोल गर्दा अर्को गोल भने उपहार पायाे । रियलका इडेर मिलिटोले आत्मघाती गाेल गरे ।

 समग्रमा सिटीले ५–१ ले फाइनल यात्रा तय गरेकाे छ । यससँगै पेप ग्वार्डिओलाको टिम एकै सिजन तीन ठूलो उपाधि जित्ने संघारमा पुगेको छ ।

यता इन्टर मिलानकाे जितमा लाउटारो मार्टिनेजले ७४ औं मिनेटमा निर्णायक गोल गरे । १३ वर्षयता इन्टर च्याम्पियन्स लिगको फाइनल पुगेको पहिलोपल्ट हो । यसअघिकाे सेमिफाइनल दोस्रो लेगमा इन्टरले छिमेकी एसी मिलानलाई २–० ले हराएको थियो ।

च्याम्पियन लिगकाे फाइनल खेल जुन १० मा इस्टानबुलमा हुनेछ ।













0 प्रतिकृया