Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

एक्सन खबर
जेठ, २५, २०८०


दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाडाैं, २५ जेठ । तुफानी लयका साथ आइसिसी एकदिवसीय विश्वकप छनोटमा पुगेकाे नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ । नेपाली समय अनुसार दिउँसो १२:४५ मा दक्षिण अफ्रिकामा खेल हुनेछ ।

जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट लय समाउन नेपालले अभ्यास खेल खेलिरहेकाे हाे । नेपालले गत फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगकाे दुबै खेल जितेको छ । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्ये तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।

पछिल्लो समय सानदार प्रदर्शन गरेको नेपालको मनोबल उच्च छ । नेपालले पछिल्ला १७ मध्ये १६ अन्तर्राष्ट्रिय खेल जितेकोले खेलाडीहरू लयमा छन् । लिग २ मा १२ मध्ये ११ खेल जितका साथ नेपाल विश्वकप छनोट खेल्न लागेको हो ।

आजको खेलमा नेपालले अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, किशोर महतो र प्रतिश जि.सीलाई प्राथमिकतामा राख्न सक्छ । कप्तान रोहित पौडेल, आसिफ शेख र भीम सार्की नेपालका भरपर्दा ब्याटर हुन् ।

नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपमा दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखे पनि दीपेन्द्रलाई आज मौका मिल्न सक्छ । सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित मध्ये दुई बलरलाई आजको खेलमा विश्राम मिल्न सक्छ ।

स्कटल्यान्ड लिग २ विजेता टोली हो । स्कटल्यान्डको वातावरण मिल्दोजुल्दो भएकाले नेपालमाथि हाबी हुनसक्छ । जर्ज मुन्शे, म्याथ्यु क्रस र माइकल लिस्क प्रमुख ब्याटर हुन् । शफ्यान शरिफ र क्रिस सोले प्रमुख तीव्र गतिका बलर हुन् । मार्क वाट र हम्जा ताहिरको जोडी नेपालका लागि घातक बन्न सक्छन् ।

नेपालले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

स्कटल्यान्डको टोली :
रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।














0 प्रतिकृया