Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


कालीकोटको गविराममा जिप दुर्घटनामा तीन जनाको मृत्यु

एक्सन खबर
जेठ, २८, २०८०




कालीकोटको गविराममा जिप दुर्घटनामा तीन जनाको मृत्यु

कालीकोट, २८ जेठ । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति लु१च ८४९८ नम्बरकाे जिप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको हाे । दुर्घटनामा जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

दुर्घटना मध्यराति भएकाले कारण खुल्न सकेको छैन । जिपमा सवार तिनै जनाको मृत्यु भएको तथा देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न नसकेकाे हाे ।













0 प्रतिकृया