Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


कालीकोटको गविराममा जिप दुर्घटनामा तीन जनाको मृत्यु

एक्सन खबर
जेठ, २८, २०८०


कालीकोटको गविराममा जिप दुर्घटनामा तीन जनाको मृत्यु

कालीकोट, २८ जेठ । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति लु१च ८४९८ नम्बरकाे जिप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको हाे । दुर्घटनामा जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

दुर्घटना मध्यराति भएकाले कारण खुल्न सकेको छैन । जिपमा सवार तिनै जनाको मृत्यु भएको तथा देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न नसकेकाे हाे ।













0 प्रतिकृया