Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


शाैचालय निर्माणमा प्रधानाध्यापकले भ्रष्ट्राचार गरेकाे भन्दै मुद्दा दायर

एक्सन खबर
जेठ, २८, २०८०


शाैचालय निर्माणमा प्रधानाध्यापकले भ्रष्ट्राचार गरेकाे भन्दै मुद्दा दायर

काठमाडौं, २८ जेठ । विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक विरूद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेकाे छ । अख्तियारले कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक प्रधानाध्यापक नारायणप्रसाद पौडेलले विद्यालयकाे शाैचालय निर्माणमा भ्रष्टाचार गरेकाे ठहर गर्दै मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक पाैडेलले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेकाे आरोपमा मुद्दा दायर गरिएकाे जानकारी दिए ।













0 प्रतिकृया