Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सहज जीत

एक्सन खबर
असार, १, २०८०


मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सहज जीत

काठमाडाैं, १ असार । विश्व विजेता अर्जेन्टिनाले अष्ट्रेलियासँग सहज जित हात पारेको छ । चीनमा भएकाे मैत्रिपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले अष्ट्रेलियामाथि २–० को सहज जित हात पारेको हो ।

अर्जेन्टिनाको सहज जितमा कप्तान लियोनेल मेस्सीले करियरकै सबैभन्दा छिटाे गाेल गर्दा जर्मन पिजेलाले दाेश्राे गोल गरे । वर्कस स्टेडियम बेइजिङमा बिहीबार भएको खेलमा कप्तान मेस्सीले आफ्नो खेल करिअरकै सबैभन्दा छिटो गोल गर्ने क्रममा ११९ सेकेण्डमै गोल गरे ।

मिडफिल्डमा म्याथ्यु लेकीले बल फुत्काएपछि एन्जो फर्नान्डेसले दिएको पासमा मेस्सीले दुई डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारले टप कर्नरबाट जाली चुम्दा म्याथ्यु रायनले बचाउने अवसर नै पाएनन् ।

यससँगै ३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि पछिल्लो सात खेलमा लगातार गोल गर्न सफल भएका छन् । यो पछिल्लो सात खेलमा मेस्सीको यो १०औं गोल हो । गत नोभेम्वरमा कतारमा भएको फिफा विश्वकपमा प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियाविरुद्ध २–१ को जित निकालेको खेल यता, मेस्सीले सबै सात खेलमा गोल गर्न सफल भएका हुन् ।

६८औं मिनेटमा परिवर्तित खेलाडी जर्मन पिजिएलाले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यही खेलबाट १८ वर्षीय युवा विंगर एलेहान्द्रो गर्नाचोले अर्जेन्टिनाको सिनियर टोलीमा डेब्यु गरेका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा राम्रो छाप छाड्न सफल भएका गर्नाचो प्रशिक्षक लियोनेल स्कोलानीको नजरमा पर्न सफल भएका थिए ।













0 प्रतिकृया