नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु
एक्सन खबर
काठमाडौं, ३ असार । विद्यार्थीमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यसहित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा खेलकुद सप्ताह सुरु भएको छ । आज कलेजमा एक कार्यक्रमका विच पहिलो अन्तर्राष्टिय पदक धारी महिला राष्ट्रिय धावक पुष्पा भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गरिन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई पछिल्लो समय शिक्षा विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको सञ्चालक समितिमार्फत चलिरहेको कलेजले पढाईका अलावा विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले विद्यार्थीले किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्नुपर्ने बताउँदै खेलकुद सप्ताहले विद्यार्थीमा रहेको प्रतिभालाई उजार गर्न सहयोग पुर्याउने बताए । कलेजले विद्यार्थीको क्षमता, सीप र ज्ञानलाई उजागर गर्न जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।
यस्तै, खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठले खेलकुदले विद्यार्थीलाई शारिरीक तथा मानसिक रुपमा चुस्त दुरुस्त बनाउने भएकाले विद्यार्थी जीवनमा खेलकुदको महत्व रहेको चर्चा गरे । कलेजमा आयोजित खेलकुद सप्ताहले विद्यार्थी र शिक्षकहरु विच समेत सुमधुर सम्बन्ध स्थापनामा सहयोग पुग्ने बताउँदै विद्यार्थीको प्रतिभा उजागर गर्न कलेजले आवश्यक सहयोग गर्ने बताए ।
खेलकुद सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न हुने कलेजका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले जानकारी दिए । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटबल, टेवुल टेनिस, ज्याभलिङ, डोरी तान, चेस लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने खेलकुद् सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । भने, प्रतियोगिता असार ७ गतेसम्म चल्नेछ ।
0 प्रतिकृया