भारतीय गुप्तचर संस्था रअकाे प्रमुखमा सिन्हा
एजेन्सी
नयाँ दिल्ली, ४ असार । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ)का प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । सोमबार भारत सरकारले छत्तिसगढ क्याडरका वरिष्ठ आइपिएस अफिसर सिन्हालाई रअको प्रमुखमा नियुक्त गरेकाे हाे ।
हाल रअ प्रमुख रहेका सामन्थ गोयलको जुन ३० मा कार्यकाल पूरा गरेपछि २ वर्षकाे लागि सिन्हाले कार्यभार सम्हाल्नेछन् । सिन्हा सन् १९८८को ब्याचका भारतीय प्रहरी सेवा (आइपिएस) अफिसर हुन् ।
अहिले उनी क्याबिनेट सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन्।
0 प्रतिकृया