Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


विश्वकप छनाेटः जित्नै पर्ने दबावमा नेपाल र अमेरिका

एक्सन खबर
असार, ५, २०८०


विश्वकप छनाेटः जित्नै पर्ने दबावमा नेपाल र अमेरिका

काठमाडाैं, ५ असार । आईसीसी एकदिवसीय विश्वकप छनाेटमा आज (मङ्गलवार) नेपाल र अमेरिका जित्नैपर्ने दबावमा खेल्दैछन् । नेपाली समयअनुसार दिउँसाे पाैने १ हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुने नेपाल र अमेरिकाबीचकाे खेलमा दुवै टीम पहिलाे जितकाे खाेजीमा हुनेछन् ।

नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेकाले सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ । आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ ।

नेपाल पहिलाे खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । यस्तै अर्काे खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचकाे खेल पनि दिउँसाे पाैने १ बजे हरारे स्पाेर्ट्स क्लबमा नै हुनेछ ।

विश्वकप छनोटमा नेपाल रहेको समूह 'ए' मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।

‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।

अमेरिकाको टोली :
मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप-कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।













0 प्रतिकृया