Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


आईसीसी विश्वकपः नेपालसँग अमेरिका पराजित

एक्सन खबर
असार, ५, २०८०


आईसीसी विश्वकपः नेपालसँग अमेरिका पराजित

काठमाडाैं, ५ असार । आईसीसी एकदिवसीय विश्वकप छनाेटमा नेपाल ६ विकेटले विजयी भएकाे छ । अमेरिकाले दिएकाे २०८ रनकाे लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिकासँगकाे जित सँगै नेपालले समुहमा शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । २ दिनअघि जिम्बाबेसँगकाे पहिलाे खेलमा नेपाल ८ विकेटले पराजित भएकाे थियाे ।

नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहँदा दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए ।अर्का ओपनर आसिफ शेख १२ रनमा एलबीडब्लू आउट भए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा बनाए ।

कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा बनाए ।
खेलमा अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले । उनी बाहेक अन्य कुनैपनि अमेरिकाका ब्याटरले प्रदर्शन गर्न सकेनन् ।

सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट थिए ।

अमेरिका कप्तान आरोन जोन्स आठौं ओभरको पाँचौं बलमा उनी कुशल भुर्तेल बाट आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराए । निसर्ग पटेल ८ र जेसी सिंह १२ रनमा आउट भए ।

खेलमा नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिँदा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बने । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर पनि विकेट लिन सकेका थिएनन् । नेपालले तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

















0 प्रतिकृया