Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


न्याम्सकाे उपकुलपतिमा डा. बस्नेत, रेक्टर रजिष्ट्रार र डीन पनि नियुक्त

एक्सन खबर
असार, ८, २०८०


न्याम्सकाे उपकुलपतिमा डा. बस्नेत, रेक्टर रजिष्ट्रार र डीन पनि नियुक्त

काठमाडाैं, ८ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) को उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बस्नेतलाई न्याम्सको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए ।

उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेकोमा ११ जनाको आवेदन परेको थियो । न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्रा.डा. बस्नेत, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीरकै पूर्व निर्देशक प्रा.डा. बुलन्द थापा, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्रा.डा. सरोज शर्मा, प्रा.डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ,  कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका थिए ।

उक्त कमिटीले आवेदन मध्येबाट तीन जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले तीनजना मध्येबाट डा. बस्नेतलाई न्याम्सको उपकुलपति बनाएका हुन् ।

यसैगरी, न्याम्सको रेक्टरमा डा. लोचन कार्की र रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह नियुक्त भएका छन् । न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले कार्कीलाई रेक्टरमा र डा. शाहलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

(न्याम्स)को डिनमा डा. अशेष ढुंगाना नियुक्त भएका छन् । डा. ढुंगाना यसअघि वीर अस्पतालको मेडिसिन विभागमा प्रमुखको रुपमा कार्यरत थिए । मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐन अनुसार उनीहरुलाई नियुक्त गरेका हुन् ।















0 प्रतिकृया