Follow us:


Follow us

२१ वैशाख २०८१, शुक्रवार
२१ वैशाख २०८१, शुक्रवार


डा. प्रल्हाद कार्की वीपी प्रतिष्ठानकाे कामु उपकुलपतिमा नियुक्त

एक्सन खबर
असार, १७, २०८०


डा. प्रल्हाद कार्की वीपी प्रतिष्ठानकाे कामु उपकुलपतिमा नियुक्त

काठमाडौं, १७, असार । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कामु उपकुलपतिका प्रा.डा. प्रल्हाद कार्की नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिष्ठानकाे कामु उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका सहकुलपति समेत मन्त्री बस्नेतले सहकुलपतिको अधिकार प्रयोग गर्दै अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएकाे मन्त्री बस्नेतको सचिवालयका एक कर्मचारीले  जानकारी दिएका छन् ।

‘प्रतिष्ठानकाे कामु उपकुलपतिमा डा. प्रल्हाद कार्कील नाममा निर्णय भइसकेकाे छ ।’ मन्त्रालयका एक कर्मचारीले भने । यसअघि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव शर्मालाई निमित्त उपकुलपतिकाे जिम्मेवारी दिइएकाे थियाे ।

डा. कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ । तर, प्रतिष्ठानमा डा. कार्की र डा. शर्माबिच राम्राे सम्बन्ध छैन । उनिहरूविच लामाे समयदेखि मनमुटाव छ । मन्त्री बस्नेतले डा. शर्मालाई निमित्त उपकुलपतिकाे जिम्मेवारी दिएका थिए । अहिले कार्कीलाई एक्कासी कामु उपकुलपतिकाे जिम्मेवारी दिएपछि प्रतिष्ठानमा हलचल भएकाे छ ।

‘प्रल्हाद कार्की र संजिव शर्माविच राम्राे सम्बन्ध छैन भन्ने थाहा हुँदा हुँदै मन्त्रीले किन पुनः दुइ जनालाई नै जुधाउने गरि निर्णय गरे ? अब प्रतिष्ठान झन दलदलमा फस्ने भाे ।’ प्रतिष्ठानका एक माथिल्ला कर्मचारीले भने ।

भ्रष्टाचार, अनियितता र चरम राजनीतिकरणले थिल्थिलाे भएकाे प्रतिष्ठानलाई सरकारले ल्याउन लागेकाे छाता ऐनमा समेट्न खाेजेपनि नागरिक अगुवा, प्रतिष्ठानकै अधिकारीहरूले विराेध गरेका थिए ।













0 प्रतिकृया