Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


काेशी प्रदेशकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अघि सार्ने निर्णय गठबन्धनकाे निर्णय

एक्सन खबर
असार, १८, २०८०


काेशी प्रदेशकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अघि सार्ने निर्णय गठबन्धनकाे निर्णय

काठमाडाैं, १८ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय भएकाे छ ।  सत्ता गठबन्धनकाे बैठकले थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले थापालाई मुख्यमन्त्री बनाउने र बहुमत ल्याउने जिम्मा कोशी प्रदेश समितिलाई नै दिने निर्णय गरेको छ । यसअघि कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रले समेत दाबी गरेको थियो ।

बैठकले जनमत पार्टीलाई पनि संघीय सरकारमा सहभागी हुन आह्वान गरेको छ । मन्त्रालयबारे जनमतको नेतृत्वसँग थप छलफल गरेर एक दुई दिन भित्र निर्णय लिन प्रधानमन्त्रीलाई गठबन्धनले आग्रह गरेको छ ।

‘कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘आ–आफ्नो पार्टीको संसदीय दलको बैठकले निर्णय गरेर कांग्रेस नेता थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने छन् ।’ तर, थापाको कार्यकाल कति वर्ष हुने भन्ने विषयमा भने कुनै निर्णय भएकाे छैन ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।

बैठकमा त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल भए पनि निर्णय भने हुन नसकेकाे गठबन्धन दलका एक













0 प्रतिकृया